चोरीको मोटरसाइकलसहित एक पक्राउ

चोरीको मोटरसाइकलसहित एक पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई सोमबार ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका दुई वटा मोटरसाइकल र चार वटा स्कुटरसहित पक्राउ गरेको हो ।

फागुन १६, २०७८ सोमबार १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।