नपोली इट्टा बनाउन दक्षिण कोरियाको कम्पनी र जेबी इको ब्रिक्सविच सम्झौता

काठमाडौँ : दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जेबी इको ब्रिक्स नेपालबिच वातावरण मैत्री इट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता भएको छ।
कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेको थियो। अब उसले जेबी इको ब्रिक्स नेपालसँग समेत सम्झौता गरेको छ।
जेबी इको ब्रिक्सले हाल वार्षिक ५ करोड इट्टा उत्पादन गर्दै आएको छ। भक्तपुर, मकवानपुर र धादिङमा रहेका इट्टा भट्टाबाट जेबी इको ब्रिक्सले माटो पोलेर परम्परागत प्रविधिबाट इट्टा उत्पादन गर्दै आएको छ।
कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको इट्टा उत्पादन उद्योगलाई समस्या भइरहेको थियो। गुड ब्रिक्स सिस्टमले यसको समाधान दिँदै वातावरण मैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय इट्टा उत्पादन गर्ने कम्पनीले दाबी गरेको छ।
इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुरा हुने गरि इट्टामा माटो र सिमेन्टको पकड बनाउन काम गर्दछ। यस प्रविधि मार्फत हाइड्रोलिक मसिनको प्रयोगबाट उद्योग भित्रनै रहेर हरेक सिजन इट्टा उत्पादन गर्न सकिने र यसले हरेक इट्टामा समान गुणस्तर कायम हुने कम्पनीको दाबी छ।
यस प्रविधिमा परम्परागत इट्टा उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्छ भने इट्टालाई पोल्नु नपर्ने कम्पनीले जानकारी दिएको छ।
फागुन १६, २०७८ सोमबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।