एमसिसी सम्झौता पारित भएकोमा चीनको नरम प्रतिक्रिया

एमसिसी सम्झौता पारित भएकोमा चीनको नरम प्रतिक्रिया

काठमाडौँ : चीनले व्याख्यात्मक प्रस्तावसहित संसदबाट पारित भएको एमसिसी सम्झौताबारे ध्यान दिएको प्रतिक्रिया दिएको छ।

सोमबार बेइजिङमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकासको साझेदारका रूपमा चीनले नेपाली जनताको चाहनालाई सधैँ समर्थन गर्ने बताएका थिए।

अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने र सम्बन्धित देशको सार्वभौमसत्ता  र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने बताएका थिए।

यस अगाडि चीनले एमसिसी सम्झौतालाई गम्भिर रुपमा लिएको थियो भने चीनिया कुटनीतिज्ञहरुले सम्झौताको विपक्षमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका थिए।

फागुन १६, २०७८ सोमबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।