जसपाको सङ्घीय परिषद् बैठक फागुन २९ मा

जसपाको सङ्घीय परिषद् बैठक फागुन २९ मा

काठमाडौँ : पार्टीभित्र बढेको अन्तर कलहबारे छलफल गर्न जनता समाजवादी पार्टीले सङ्घीय परिषद्को बैठक फागुन २९ र ३० मा गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको बैठक फागुन २८ मा र सङ्घीय परिषद्को बैठक फागुन २९ र ३० मा गर्ने निर्णय गरेको हो।

बैठकले विधान अधिवेशन असार १ र २ गते गर्ने निर्णय गरेको छ। पछिल्लो समय पार्टीको संरचनालाई लिएर सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबिच विवाद बढेको थियो। 

फागुन १६, २०७८ सोमबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।