पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)चैत्र १७–२१ सम्म काठमाडौंमा 

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)चैत्र १७–२१ सम्म काठमाडौंमा 

काठमाडौंः पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्र १७–२१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुने भएको छ । चैत्र १०–१४ गतेसम्म हुने भनिएको महोत्सव प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा गत वर्ष चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको भएपनि यस वर्ष राज्यले सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय भएपनि भौतिक रुपमा गर्न लागिएकोे फेष्टिभल चेयरमेन केपी पाठकले बताए ।

महोत्सवको सह–आयोजक नेपाल चलचित्र विकास वोर्ड रहेको छ । राज्यले गर्नुपर्ने चलचित्र सम्बन्धि यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा भएको बताउँदै बोर्डले निफलाई सरकारी स्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले बताए।

महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ठ चलचित्र हेरेर चलचित्रकर्मी मात्र हैन आम चलचित्रप्रेमी दर्शकहरुले पनि धेरै कुरा प्राप्त गर्न सक्ने बताए ।

अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैमा चुनौती रहेको बताउँदै यस्ता महोत्सवलाई निरन्तरता गर्न सबै पक्षको सहयोग आवश्यक बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले बताए। 

महोत्सव गर्नु आर्थिक रुपमा निक्कै जटिल रहेको भएपनि विश्वसामु नेपाली चलचित्रको विकास प्रवद्र्धन गर्दै नेपाली पर्यटन लगायतका विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने भएको हुँदा राज्य र नेपालका कर्पोरेट हाउसहरुलाई सहयोगको लागि निफ अध्यक्ष केपी पाठकले  आग्रह गरेका थिए । महोत्सवमा ३८ देशका ८९ चलचित्रहरु बीच प्रतिष्पर्धा हुने बताइएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय लामो– छोटो समयका चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । यसपटक चलचित्रहलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।

निफ–२०२२ पनि अघिल्ला संस्करणहरु झै  राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक शसक्त फिल्म उत्सव बन्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ थियो।  त्यसका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन कुरा पनि पत्रकार सम्मेलनमा जानकरी दिइएको थियो ।


 

फागुन १६, २०७८ सोमबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।