पोखरामा बजार बन्द गराउदै हिड्ने ५ जना पक्राउ

पोखराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास भएपछि त्यसका विरुद्ध ६ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दका कारण पोखरा क्षेत्रको जनजीवन प्रभावित भएको छ। सडकमा सवारीसाधनको आवतजावत बन्द भए पछि यहाँको जनजीवन प्रभावित भएको हो।
संसदबाट एमसीसी अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको माओवादी सहित ६ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दका क्रममा बजार बन्द गाराउदै हेड्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बन्दका क्रममा जबरजस्त बजार बन्द गराउदै हिड्ने पाँच जनालाइ पोखराका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रबत्ता एवं डिएसपी सुन्दर तिवारीले जनकारी दिए। उनले भने,‘बन्दका कारण पोखरा क्षेत्रको जनजीवन प्रभावित भएको छ।अहिले सम्म तोडफोड, आगजनी जस्ता अप्रिय घट्ना भएका छैनन । पोखराका केही ठाउँमा जवरस्त बन्द गाराउदै हिडेको अवस्थामा अहिले सम्म पाँच जनालाइ पक्राउ गरिएको छ।’
बन्दका कारण पोखरामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन्। निजी सवारी साधन फाटफुट मात्र चलेका भए पनि सार्वजनिक सवारीसाधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन्।
पोखराका मुख्य बजार क्षेत्रका पसल र अन्य ब्यवसायीक प्रतिष्ठानहरू बन्द रहेका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका मुख्य मुख्य चोकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिएकाले कास्कीमा अहिले सम्मको अवस्था सामान्य रहेको डिएसपी तिवारीले बताए।
फागुन १६, २०७८ सोमबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।