बुटवल बन्द गराउँदै हिँड्ने दर्जन बढी नेता/कार्यकर्ता पक्राउ

बुटवल बन्द गराउँदै हिँड्ने दर्जन बढी नेता/कार्यकर्ता पक्राउ

बुटवलः विप्लव नेतृत्त्वको माओवादीसहित ६ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दका क्रममा बन्द गराउँदै हिँड्ने दर्जन बढी नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी (माओवादी)का नेता प्रेम सुवेदी, लेखक तथा पत्रकार खोमा तरामु मगर, नेकपा रुपन्देहीका जिल्ला सदस्य वीरेन्द्र विक लगायतका संयुक्त मोर्चाका दर्जन बढी नेता कार्यकर्ता रहेका छन्।

उनीहरूलाई बुटवल बसपार्कबाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। हालसम्म कुल १७ जनालाई पक्राउ गरिएको बताइएको छ। 

बुटवल बजारमा बन्दको सामान्य प्रभाव मात्रै परेको छ।

फागुन १६, २०७८ सोमबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।