सुर्खेतमा सवारी साधन सञ्चालनमा आएका छैनन्, प्रहरीको विशेष सतर्कता

सुर्खेतमा सवारी साधन सञ्चालनमा आएका छैनन्, प्रहरीको विशेष सतर्कता

सुर्खेतः मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै विप्लव नेतृत्त्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दको आंशिक प्रभाव कर्णालीमा पनि परेको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीहरू सञ्चालनमा आएका छैनन्।

राजधानीबाट बाहिरिने भित्रने कुनै पनि सवारी नचलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरको बजार पनि ठप्प छ।

वीरेन्द्रनगरका विभिन्न चोकहरूमा बन्दकर्ता छन्। यद्यपि कुनै प्रकारको अप्रिय घटना भने भएका छैनन्।

वीरेन्द्रनगरका प्रायः सबै चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ भने, नगर प्रहरीका प्रमुखसहितको टोलीले मोबाइल गस्ती गरिरहेको छ।

प्रहरीले नै सवारीहरूमा हुन सक्ने आगजनी तथा भौतिक क्षति रोक्न पनि विषेश सतर्कता अपनाएको छ।

फागुन १६, २०७८ सोमबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।