तोलामा १६ सयले बढ्यो सुनको मूल्य

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ। आज छापावाल सुनको बजार मूल्य ९८ हजार दुई सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको बजार मूल्य प्रतितोला रु ९७ हजार सात सय तोकिएको छ।

यसअघि छापावाल सुन हिजो प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला एक हजार तीन सय ४० कायम भएको महासंघले जनाएको छ।

फागुन १६, २०७८ सोमबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।