कैलाली कञ्चनपुरमा बन्दको प्रभाव समान्य

कैलाली कञ्चनपुरमा बन्दको प्रभाव समान्य

एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको छ ।

धनगढीः  एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु नभए पनि दुई जिल्लामको जनजीीवन सामान्य रहेको हो ।

जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय–कलेज, बजारव्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी भने चल्न दिने बताएका उनले बताए । देशका विभिन्न स्थानबाट हिजो नै छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको उनको भनाइ छ । त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन समेत गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाइकल सुचारु छन् भने केही निजी ठूलासवारी समेत सञ्चालन भइरहेका छन् । मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमको भनाइ छ । 
 

फागुन १६, २०७८ सोमबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।