बन्दले दाङको जनजीवन प्रभावित

बन्दले दाङको जनजीवन प्रभावित

दाङः बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। संसद्बाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको हो।

सोमबार नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित ६ कम्युनिष्ट दल र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन्। बन्दका कारण दाङ पूर्णप्रभावित बनेको छ।

जिल्लाका बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।

संसद्बाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको हो।

फागुन १६, २०७८ सोमबार १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।