बनेपामा शंकास्पद बस्तु फेला, सवारी साधन डाइभर्ट

काठमाडौंः काभ्रेपलाञ्चोकको बनेपामा शंकास्पद बस्तु फेला परेको छ। यतिबेला भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने आउने सवारी साधनलाई ड्राइभर्ट गरेर सञ्चालन गरिएको छ।
सवारी साधन भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान आउन सक्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
यस्तै एमसीसी प्रतिनिधि सभाबाट पारित भएको विरोधमा ६ दलले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन। विद्यालयहरूले बिहानै अभिभावकहरूलाई आज विद्यालय बन्द रहने सूचना पठाए पनि सवारीको हकमा भने आवागमन सामान्य रहेको छ।
बिहानको समयमा सडकमा सवारी साधनको संख्या कम रहेका कारण सवारी आवागमन सामान्य रहेको महाशाखाले जनाएको छ। यस्तै विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरीने सवारी पनि सामान्य तवरले सञ्चालन भइरहेको छ।
फागुन १६, २०७८ सोमबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।