आज मौसम अधिकांश भागमा सफा रहने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा मौसम सफा रहने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले सफा रहने भएको हो।
यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६, २०७८ सोमबार ०८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।