एमसिसी विरोधीलाई गगनको चुनौती : एमसिसी सम्झौता अनुसार अमेरिकी सेना आयो भने मेरो नागरिकता खारेज होस्

एमसिसी विरोधीलाई गगनको चुनौती : एमसिसी सम्झौता अनुसार अमेरिकी सेना आयो भने मेरो नागरिकता खारेज होस्

काठमाडौँ :  अमेरिकी सहयोग परियोजना पारित भयो भने नेपालमा अमेरिकी सेनाले बुट बजार्ने दाबी गरिरहेकाहरूलाई चुनौती दिँदै सांसद गगन थापाले संसद्मा भने' यदि सम्झौता अनुसार अमेरिकी सेना आयो भने मैले सरी भनेर मात्र हुन्न। मलाई चार पाटा मुडियोस्, मेरो नागरिकता खोसियोस् र मेरो सम्पत्ति जफत गरियोस्।'

उनले आर्थिक सम्झौताबारे दलको र व्यक्तिको स्वार्थ अनुसार भ्रम फैलाउने काम भइरहेको भन्दै यदि पाँच वर्षभित्रमा उनीहरूले गरेको दाबी पुरा भएन भने उनीहरू पनि आफूले जस्तै घोषणा गर्न तयार हो भनेर चुनौती दिएका थिए।

उनले सरकारले ल्याएको व्याख्यात्मक प्रस्तावको समेत विपक्षमा रहेका सांसदहरूको नाम लिँदै उनीहरू कुन बैठकमा सहभागी भएर के निर्णय गरेका थिए सो खुलाउँदै त्यो बेलामा पेट दुखेको थियो बैठकमा थिइन भन्ने जस्तो तर्क नगर्न आग्रह गरेका थिए।

 

फागुन १५, २०७८ आइतबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।