सांसदमा गगन-गिरिराजमणिको सवाल जवाफ : पोखरेलले म बैठकमा थिइन भनेपछि थापाले भने'पेट दुखेको थियो होला

सांसदमा गगन-गिरिराजमणिको सवाल जवाफ : पोखरेलले म बैठकमा थिइन भनेपछि थापाले भने'पेट दुखेको थियो होला

काठमाडौँ : एमसिसी सम्बन्धी सम्झौताबारे निर्णय गरेको मन्त्रीपरिषद्को बैठकमा आफू उपस्थित नभएको भन्दै एकीकृत माओवादीका सांसद गिरिराजमणि पोखरेलले विपक्षमै आफ्ना धारणा राखेका छन्।

यस अगाडि एमसिसीबारे भएको छलफलमा उनले एमसिसीलाई राष्ट्रघाती भनेका थिए। त्यसको जवाफमा कांग्रेस सांसद गगन थापाले एमसिसीबारे निर्णय गरेको २०७४ साल साउन १९ गते को मन्त्रीपरिषद्को बैठकमा उनी पनि सहभागी रहेको बताएका थिए।

'माननीय गगन थापालाई धन्यवाद। उहाँले जुन मिति भन्नुभयो म त्यो बेला मन्त्री थिए। तर त्यो बेलाको मन्त्रीपरिषद् बैठकमा उपस्थित थिइन्,' उनले भने।

गगन थापाले भने' एमसिसीमा नेमकिपा बाहेक सबै दल सहभागी छन्, भ्रम नफैलाऊँ

एमसिसीबारे व्याख्यात्मक प्रस्तावबारे छलफलमा बोल्दै उनले यो प्रस्ताव पनि पूर्ण नभएको भन्दै एमसिसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए।

आफ्नो बोल्ने पालोमा थापाले म सरकारमा थिए तर पेट दुखेर मन्त्रीपरिषद्मा गएको थिइन् भनेजस्तो जवाफ आएको भन्दै उनले यो १२ वर्षमा जो-जो मन्त्री बनेका थिए र अहिले विपक्षमा थिए तीनले त्यो बेलामा भाङ खाएको थिए भन्नुपर्ने बताए।

फागुन १५, २०७८ आइतबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।