एमसिसीबारे छलफलको प्रस्ताव पारित गरेर ६:३० सम्म स्थगित भयो संसद्

एमसिसीबारे छलफलको प्रस्ताव पारित गरेर ६:३० सम्म स्थगित भयो संसद्

काठमाडौँ : एमालेको अवरोधकाविच ध्वनि मतको आधारमा अमेरिकी सहयोग सम्बन्धी सम्झौताबारेको छलफल अगाडि बढाइयोस् भन्ने प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित भएको छ।

आजै साढे ६ मा पुन बस्ने गरी संसद् बैठक स्थगित भएको हो। एमाले सांसदको नारावाजीकाविच ध्वनि मतका आधारमा सभामुख अग्नि सापकोटाले छलफलको प्रस्ताव पास भएको घोषणा गरेको थियो।

एमालेका सांसदहरूले नाराबाजी गरे पनि संसद् बैठक अवरोधको प्रयास भने गरेका छैनन्। उनीहरू संसदीय सर्वोच्चता कायम गर भन्दै नारा लगाएर बसेका छन्।

 

फागुन १५, २०७८ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।