गगन थापाले भने' एमसिसीमा नेमकिपा बाहेक सबै दल सहभागी छन्, भ्रम नफैलाऊँ

गगन थापाले भने' एमसिसीमा नेमकिपा बाहेक सबै दल सहभागी छन्, भ्रम नफैलाऊँ

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसिसीको सम्झौता अगाडि बढाउने विषयमा नेपाल मजदुर किसान पार्टी बाहेक सबै दल सहभागी रहेको बताएका छन्।

उनले संसद्मा एमसिसी सम्झौताबारे जारी छलफलमा बोल्दै उनले माधव नेपाल, केपी ओलीसम्म सबै सहभागी रहेको बताए। उनले माधव नेपाल प्रधानमन्त्रीहुँदा सुरु भएको यो सम्झौतामा झलनाथ खनालदेखि सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्मको सरकारले निर्णयहरू गरेको बताए।

उनले नामै लिएर भने' झलनाथ खनाल प्रधामन्त्रीहुँदा एमसिसी सम्झौताबारे भएको मन्त्रीपरिषद्को निर्णय पल्टाएर हेरे हुन्छ। माननीय गिरिराजमणी पोखरेलले यसलाई राष्ट्रघाती भन्नुभयो। २०७४ साल साउन १९ गते को मन्त्रीपरिषद्को निर्णय पल्टाएर हेरौँ। त्यो बेलामा उहाँ पनि मन्त्री हुनुहुन्थ्यो।'

उनले यत्रो महत्त्वपूर्ण विषयमा एमालेसँग पनि  सँगै छलफल होस् भन्नेमा कांग्रेस गम्भीर रहेको र केही समयमा संसद्को अवरोध खुल्ने विश्वास व्यक्त गर्दै उनले बाह्य स्रोत नभई काम गर्न गाह्रो भएकाले कुनै न कुनै देशसँग कि ऋण कि अनुदान लिनुपर्ने अवस्था रहेको बताए।

उनले नेपालको सन्तुलित परराष्ट्र नीतिमा प्रभाव नपर्ने गरी मित्रराष्ट्रहरूसँग सहयोग लिनुपर्नेमा जोड दिँदै दक्षिण एसियामा सामरिक देशको स्वार्थ रहेको र त्यो प्रतिस्पर्धाबाट नेपालले लाभ लिनुपर्ने भन्दै भने' भारत र चीनसँग गरेको सम्झौता जस्तै अमेरिकासँग पनि सम्झौता गरेको हो।'

उनले एमसिसी सम्झौता नेपालको संविधानभन्दा माथि हुन्छ भनेर झुट बोल्ने काम भएको भन्दै सम्झौता अनन्तकालसम्म लागु हुन्छ भनेर समेत भ्रम फैलाउने काम भएको बताए।

'हरेक अन्तर्राष्ट्रिय सम्झौतामा केही समयसम्म केही विषय लागु भइरहन्छ। मेलम्ची विकास आयोजनाको नाममा जग्गा छैन ?,' उनले भने' यो सम्झौता पारित भएपछि चीनलाई भनौँ अमेरिकाले यति सहयोग गर्यो अब तिमी कति सहयोग गर्न सक्छौँ'

फागुन १५, २०७८ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।