एमसिसीको पक्षमा बोल्दै ह्रदयश त्रिपाठीले देउवालाई भने' दोधारे चरित्रबाट जोगिनु

काठमाडौँ : स्वाभिमानको कुरा निबन्ध हो भन्दै सांसद ह्दयश त्रिपाठीले अमेरिकी सहयोग सम्झौताको पक्षमा आफ्नो धारणा राखेका छन्।
जसले अनुदान दिइरहेको छ उसलाई साम्राज्यवाद भन्दै आरोप लगाएपछि अब कसले सहयोग गर्छ भन्दै उनले हाम्रो काम गर्ने शैलीका कारण सर्तहरू राखेको बताए।
उनले नेपालको विकासका लागि जसले सहयोग दिए पनि लिनुपर्ने भन्दै परियोजना संसदबाट अनुमोदन नगर्ने हो भने सम्झौता तुहिने भन्दै विकासको विषयलाई राजनीतिको विषय बनाएको भन्दै आलोचना गरे।
उनले एमसिसीलाई आफ्नो दलको स्वार्थ अनुसार व्यवहार गरेको भन्दै कुन मितिमा कुन दलको सरकारले के गरेको थियो त्यसबारे श्वेतपत्र जारी गर्न माग गर्दै उनले आफैले अपव्याख्या गरेर व्याख्याको टिप्पणी गर्नुपरेको भन्दै यस्ता दोधारले चरित्र भएकाहरूबाट जोगिन उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए।
फागुन १५, २०७८ आइतबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।