एकीकृत समाजवादीका सांसद एमसिसीमा विभाजित, पार्टी पक्षमा,सांसद विपक्षमा

काठमाडौँ : अमेरिकी सहयोग सम्बन्धी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्न एकीकृत समाजवादी तयार भए पनि उसका सांसदहरू भने विपक्षमा उभिएका छन्।
आइतबार संसद्मा सो सम्झौताबारे सुरु भएको छलफलमा बोल्नेक्रममा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसिसी राष्ट्रहितमा नभएको दाबी गरेका छन्।
उनले यो केवल आर्थिक सहायताको विषय मात्रै नभएर सैन्य रणनीति समेत भएको भन्दै यो सम्झौता पास भएमा नेपालको परराष्ट्र नीति नै परिवर्तन हुने दाबी गरेका छन्।
महाकाली सन्धि गर्दा ठुला सपना देखाइएको भन्दै चौधरीले एमसीसीको विपक्षमा आफ्ना धारणा राखेका थिए। उनी अगाडि बोलेका एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत एमसीसीको विपक्षमा आफ्ना धारणा राखेका थिए।
*यस अगाडि झलनाथ खनालको स्थानमा भीम रावलको तस्बिर प्रयोग भएकोमा सच्याइएको छ।
फागुन १५, २०७८ आइतबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।