पार्टीको विरोध छलेर संसदमा बोले भीम रावल

पार्टीको विरोध छलेर संसदमा बोले भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावल पार्टीको विरोध छलेर एमसिसीको सैन्द्धान्तिक बहसमा सहभागी भएका छन्। आइतबारको संसद् बैठकमा एमालेले नारावाजी गरिरहे पनि सभामुख अग्नि सापकोटाले रावललाई समय दिएका हुन्। 

यसअघिको बैठकमा रावललाई पार्टीको नीतिभन्दा बाहिर गएर बोल्न दिएकोमा सभामुखको ध्यानाकर्षण गराइएको थियो।

प्रतिनिधिसभामा हो-हल्लाका बीच एमसिसी सम्झौता पेस हुनु आपत्तिजनक भएको उनले बताए। राजनीतिक दलका नेताहरु स्वार्थ र गुटबन्दीमा लागेर एमसिसी पारित गर्न नहुनेमा उनको जोड छ। 

उनले एमसिसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह आह्वान पनि गरे। व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ।

फागुन १५, २०७८ आइतबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।