भाइको परीक्षा दिने दाइ पक्राउ

भाइको परीक्षा दिने दाइ पक्राउ

सुर्खेत : आफ्नै भाइकाे परीक्षा दिने दाजुलाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ। नेपाल प्रहरीले आह्वान गरेको प्राविधिकतर्फकाे जवान पदकाे परीक्षामा आफ्नै भाइकाे परीक्षा दिने दाजुलाई पक्राउ गरिएकाे हाे।

शनिबार लाेक सेवा आयाेगले लिएकाे परीक्षामा सहभागी भएका लक्ष्मीप्रसाद सञ्ज्याललाई प्रहरीले पक्राउ गरेकाे हो।

वीरेन्द्रनगरको श्रीकृष्ण माध्यामिक विद्यालयबाट शनिबार अपरान्ह ४ बजे सञ्ज्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका उनले कनकासुन्दरी गाउँपालिका-८ जुम्ला घर भएका आफ्ना भाइ अग्निप्रसाद सञ्ज्यालको ठाउँमा परीक्षा दिइरहेका दिए।

पक्राउ परेका सञ्ज्याललाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

फागुन १५, २०७८ आइतबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।