लालबन्दीबाट गाँजासहित दुई जना पक्राउ

सर्लाहीः जिल्लाको लालबन्दी नगरपालिका-२ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ब्रहम्पुरी गाउँपालिका-४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
नवलपुरबाट मंलगवातर्फ जादै गरेको भारतीय बिआर३०डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा चामलको बोराभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
फागुन १५, २०७८ आइतबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।