एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा पक्राउ

काठमाडौंः नेपाल प्रहरीले एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङ रहेका छन्।
महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१ नक्सालको सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेका अवस्थामा उनलाई गए राति पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार एटीएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको हो।
फागुन १५, २०७८ आइतबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।