व्याख्यात्मक टिप्पणीबारे एमालेलाई जानकारी छैन, संसद् अवरोध कायम रहन्छ: नेम्वाङ

काठमाडौंः आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गर्यो। तर, यो विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसीबारे भएको निर्णयको जानकारी नपाएको बताएको छ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धनले एमसीसीबारे गरेको निर्णय जानकारी नभएको बताएका हुन्। ‘थाहै छैन, के निर्णय भयो हामीलाई केही जानकारी छैन। हामीलाई सम्पर्क गरेका छैनन्’, नेम्वाङले भने।
पूर्वसभामुख समेत रहेको नेम्वाङलाई 'संसदीय प्रणालीमा पहिलो पटक यस्तो अभ्यास गर्दैछौं, यो मिल्छ कि मिल्दैन?' भन्ने प्रश्नमा नेम्वाङले उकेरासँग भने, ‘थाहै नभएको विषयमा मेरो टिप्पणी छैन, आजको संसद् बैठकमा हाम्रो अवरोध निरन्तर रहन्छ।’
फागुन १५, २०७८ आइतबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।