व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गरिने

काठमाडौंः सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसद्बाट पारित गर्ने निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए।
'एमसीसी विशुद्ध आर्थिक सहयोग हो, यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन, नेपालको संविधानभन्दा माथि छैन भन्ने व्याख्यात्मक टिप्पणीसहित पारित हुन्छ,’ पौडेलले भने, ‘आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसीसी पारित हुन्छ।'
फागुन १५, २०७८ आइतबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।