बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। एमसीसीलगायतका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरू सहभागी छन्।

यता आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने तालिका छ।

फागुन १५, २०७८ आइतबार ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।