गठबन्धन जोगाउन एमसिसीमा माओवादीको 'व्याख्यात्मक टिप्पणी'

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीका कारण सत्ता गठबन्धन धरापमा परेपछि सत्तारूढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित एमसिसी पास गर्ने निर्णय गर्यो।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको हो। त्यसको लागि संसोधन वा व्याख्यात्मक विश्लेषण अनिवार्य हुनुपर्ने उसको सर्त छ।
माओवादी नेता दीनानाथ शर्माका अनुसार माओवादीको व्याख्यात्मक टिप्पणीमा निम्नलगायत बुँदाहरू समिटिनेछन्:
१. अमेरिकी सैन्य रणनीति (आइपिएस)को अंग नमान्ने
२. एमसिसी नेपालको संविधान र कानुनभन्दा माथि नरहने
३. आर्थिक सहायताका रूपमा मात्रै लिनुपर्ने
४. लेखा परीक्षण नेपालको महालेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने
५. यसअघि अर्थ मन्त्रालयले तयार गरेको व्याख्यात्मक टिप्पणीका बुँदाहरू नै समेटिनुपर्ने ।
बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा सो व्याख्याबारे छलफल हुनेछ।
फागुन १५, २०७८ आइतबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।