एक लाखनजिक पुगेको सुनको मूल्य आज १४ सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९६ हजार ६ सय कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन ९८ हजार रुपैयाँ प्रतितोला थियो भने बिहीबार ९९ हजार रुपैयाँ प्रतितोला रहेको थियो।
महासंघका अनुसार तेजाबी सुनको मूल्य आज ९६ हजार एक सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा चाँदी तोलामा ४० रुपैयाँले घटेर आज एक हजार दुई सय ९५ रुपैयाँ कायम भएको छ।
फागुन १५, २०७८ आइतबार १०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।