एमसिसीको पक्षमा मत दिने माओवादी निर्णय

काठमाडौँ : माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पूरक व्याख्यासहित अमेरिकी सहयोग परियोजना सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डेरा खुमलटारमा बसेको बैठकले अन्योल देखिएका बुँदाको विस्तृत व्याख्यासहित एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको दिनानाथ शर्माले जानकारी दिए।
खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको नेता दीनानाथ शर्माले जानकारी दिए। त्यसको लागि संशोधन वा व्याख्यात्मक विश्लेषण अनिवार्य हुनुपर्ने उसको सर्त छ।
संशोधन सहित एमसिसी पास गर्नुपर्ने हाम्रो माग हो। व्याख्या विश्लेषण सहित हाम्रो अनुकूलमा हुन्छ भने त्यसमा असमझदारी जनाउनु पर्ने कारण छैन। व्याख्यात्मक टिप्पणी तयार पारेका छौँ, संभवत आजको संसद् बैठकमा पेस हुन्छ। माओवादी नेता दीनानाथ शर्माले भने।
माओवादीले यस अगाडि संसद्मा पेस भएको सम्झौता जस्ताकोत्यस्तै पास हुन नसक्ने भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। एकीकृत समाजवादीको अडान पनि यही छ।
पूरक प्रस्तावमा सरकारमा रहेका दल सकारात्मक भएपछि एमसिसी पारित हुने भएको छ।
फागुन १५, २०७८ आइतबार १०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।