'रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार' स्थापना हुने

काठमाडौंः तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ। अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी दिइएको हो।
प्रतिष्ठानकी अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरूप पुरस्कृत गरिने जानकारी दिइन्। उनले पुरस्कारका लागि यस वर्षबाट रु २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने पनि बताइन्।
उनका अनुसार सो पुरस्कार अधिकारीको जन्मदिनको अवसर पारेर वैशाख २२ गते प्रदान गरिने छ।
आज रवीन्द्र अधिकारीको तेस्रो वार्षिक पुण्यतिथि हो।
फागुन १५, २०७८ आइतबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।