एमसिसी पास गर्न व्याख्यात्मक पूरक प्रस्तावको तयारी

काठमाडौँ : एमसिसीका कारण गठबन्धन टुट्ने भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी शङ्का लाग्ने सम्झौताको बुँदाको विस्तृत व्याख्या सहित पूरक प्रस्तावको तयारीमा लागेका छन्।
सैन्य रणनीति हो हैन र सम्झौता र नेपालको कानुनलाई विस्तृत व्याख्यासहित पूरक प्रस्ताव बनाएर त्यसलाई एमसिसी सम्झौतासँगै पेस गरेर पास गर्न गठबन्धन दल सहमत भएका हुन्।
स्रोतका अनुसार यसका लागि अन्तर्राष्ट्रिय कानुनका जानकार वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले प्रस्ताव बनाइरहेका छन्। उनलाई कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीले सघाएका छन्।
पूरक प्रस्तावले विपक्षमा रहेका दलको फेस सेभिङ पनि हुने र अस्पष्ट बुँदा प्रस्ट पनि हुने सरकारमा रहेका दलको बुझाई छ। पूरक प्रस्ताव संसद्मा छलफलका लागि लगेर पास गर्ने सत्ता गठबन्धनको तयारी छ।
एमसिसी सम्झौताबारे आजबाट संसद्मा छलफल गराउने तयारी छ। त्यसका लागि आज १ बजे संसद् बैठक बस्दै छ।
फागुन १५, २०७८ आइतबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।