एमालेलाई घेर्ने, बन्दी बनाउने योजना सफल हुँदैन: ईश्वर पोखरेल

काठमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई घेर्ने, बन्दी बनाउने योजना सफल नहुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गाउँ र टोलबाटै पार्टीका नेता-कार्यकर्ता एकीकृत हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने पनि दावी गरे।
यस्तै सोही कार्यक्रममा प्रदेश सांसद एवं एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरेका थिए।
यता नगरपालिका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरूले जनताका पक्षमा धेरै काम गरेको बताएका थिए।
फागुन १५, २०७८ आइतबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।