आजको प्रतिनिधि सभा बैठक: एमसीसीमाथि छलफल गरियोस भनी प्रस्ताव गरिने

आजको प्रतिनिधि सभा बैठक: एमसीसीमाथि छलफल गरियोस भनी प्रस्ताव गरिने

काठमाडौंः आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ। संघीय संसद् सचिवालयले आजको सम्भावित कार्यसूचीमा एमसीसी समेत समावेश गरेको छ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आजको कार्यसूची तय गरिनेछ। आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पनि समावेश छ। 

यस्तै अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची पनि तोकिएको छ। 

आजको कार्यसूचीमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनले संसद्बाट एमसीसी अनुमोदन गर्न दिएको समय भोलि सकिँदैछ।

फागुन १५, २०७८ आइतबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।