नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन काठमाडौंको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन काठमाडौंको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं : प्रजातन्त्रवादी वकिलहरूको छाता संगठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौंको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित भएका छन्।

एशोसिएशनको शनिबार सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१, जयन्तीकुमार ढकालले १७० र धु्रवराज शर्मा पराजुलीले ८८ मत प्राप्त गरेको एशोसिएशनले जनाएको छ ।

यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह ऐरले ४४७, सचिवमा माधव दुलालले ४७५ र कोषाध्यक्षमा अमृता अर्यालले ४३९ मत ल्याई विजयी भएका छन् । सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

डिएलएको आज सम्पन्न निर्वाचनमा ८२४ मत खसेको थियो।

फागुन १४, २०७८ शनिबार २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।