टुङ्गिएन एमसिसीको सकस, एमालेसँग कुरा मिलेन

टुङ्गिएन एमसिसीको सकस, एमालेसँग कुरा मिलेन

काठमाडौँ : संसदबाट एमसिसी पारित गर्ने विषयमा सहमतिका लागि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबिच भएको छलफल निष्कर्षमा पुग्न सकेन।

पार्टी प्रमुखविना नै दोस्रो तहका नेता छलफलमा बसेका थिए। एमालेले अगाडि सारेको सभामुखमाथि कारबाही, एकीकृत समाजवादीका १४ सांसदको निष्कासन अनि गठबन्धन तोडेर नियमित मिति भन्दा अगाडि नै निर्वाचनबारे सहमति हुन सकेन।

कांग्रेसले संसद् अवरोध हटाएर एमसिसी पारित गरेपछि अन्य विषयमा छलफल गर्न आग्रह गरेको थियो। मुख्य एकीकृत समाजवादीका १४ सांसदमाथिको कारबाही अदालतमा मुद्दा विचाराधीन रहेकाले सरकारले चाहँदैमा कारबाही गर्न सक्ने अवस्था छैन।

बैठक सकिएपछि सञ्चारमन्त्री कार्कीले छलफल जारी नै रहेको मात्र प्रतिक्रिया दिए।

एमालेसँगको छलफल सकारात्मक नभएपछि प्रधानमन्त्रीले बालुवाटारमा सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षसँग छलफल गर्दैछन्। 

फागुन १४, २०७८ शनिबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।