बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौं : सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन्।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुनः एक पटक छलफलमा जुटेका छन्।

कांग्रेस जसरी पनि एमसीसी पास हुनुपर्ने पक्षमा छ। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरेर एमसीसी पास हुनुपर्ने पक्षमा छन्। 

फागुन १४, २०७८ शनिबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।