आज पनि विना निष्कर्ष सकियो कांग्रेस–एमालेबीचको छलफल, दुवै पक्ष आ-आफ्नै अडानमा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको छलफल विना निष्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरूले आआफ्नै अडान राखेकाले छलफल निष्कर्षमा पुग्न नसकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो। छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए।
फागुन १४, २०७८ शनिबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।