ओलीमाथि माधव नेपालको गम्भीर आरोप : ओली सत्तामा फर्किए नेपाल बर्बाद हुन्छ

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई सैन्य रणनीतिको अङ्ग बनाउने कागजमा हस्ताक्षर गरेर नेपाल सिद्ध्याउन खोजेको दाबी गरेका छन्।
एमसिसी सहयोग सम्बन्धी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ताधारी दलबिचै मतान्तर भइरहेको बेलामा उनले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाएका हुन्।
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सकारात्मक नभएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमालेको सहयोग खोजिरहेको छ।
यही बेला नेपालले ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी गराउने तयारी गरेपछि आफूहरूले विरोध गरेर मुलुक बर्बाद हुनबाट रोकेको दाबी गरे।
प्रगतिशील प्राध्यापक सङ्गठनको कार्यक्रममा शनिवार बोल्दै उनले ओली आए मुलुक सिद्ध्याइदिने दाबी गरे। उनले एमसिसी वैदेशिक अनुदान मात्र भएर वैदेशिक लगानी नभए आफूहरूले पारित गर्न सघाउन सक्ने उनको दाबी थियो।
फागुन १४, २०७८ शनिबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।