ट्राफिक नियम उल्लंघन गर्ने १३ सय १७ चालक कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने १३ सय १७ चालक कारबाहीमा

काठमाडौंः  उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार तीन सय १७ जना चालकहरूलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ।

फुटपाथमा पार्किङ गर्ने एक सय १२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठीक नभएको सवारी साधन चलाउने २३ जना, मदिरा पिएर सवारी साधन चलाउने ४६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले सुरक्षा नअपनाई सवारी चलाउने चालकहरूलाई कारबाही गर्ने गरेको छ।

फागुन ७, २०७८ शनिबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।