एक्वा हन्ड्रेडसहित पाँच उद्योगको पानी पिउनु घातक

काठमाडौँ : प्रयोगशाला परीक्षणमा असफल भएपछि एक्वा हन्ड्रेडसहित पाँच पानी उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ।
विभागले एक्वासँगै जय छुमा गणेश शुद्ध पिउने पानी कम्पनी भक्तपुर, एक्वा नेपाल बिल्शेरी प्रशोधित पिउने पानी उद्योग रुपन्देही र एक्वा एक्टिभ वेभरेज विराटनगर विरुद्ध मुद्दा दायरा गरेको हो।
यी उद्योगबाट बजारमा बिक्रीमा पठाइएको पानीको गुणस्तर मानिसको स्वास्थ्यका लागि हानिकारक रहेको पाइएको विभागले जनाएको छ।
आफूलाई प्रिमियम दाबी गर्ने एक्वा हन्ड्रेडको पानी परीक्षण गर्दा मानिसको स्वास्थ्यलाई दीर्घकालीन असर पर्ने दूषित प्यारामिटर देखिएको विभागले जानकारी दिएको छ।
काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा उद्योगलाई ५० हजार जरिवाना वा तीन वर्ष कैद तथा दुवै सजाय माग दाबी गरिएको छ।
फागुन ७, २०७८ शनिबार १२:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।