सुनसरी र रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंः सवारी दुर्घटनामा परी सुनसरी र रौतहटमा दुई जनाको मृत्यु भएको छ। सुनसरीको दुहबी नगरपालिका- ८ कदमगाछीमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गम्भीर घाइते भएका मोरङको विराटनगर महानगरपालिका- १४ दरैयाका ३० वर्षीय श्याम कामतको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। हिजो साँझ ७ बजे को२०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोकिएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
यस्तै रौतहटको चन्द्रपुर नगरपालिका- ८ बैजनाथपुरमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ। हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश२-०२-००४प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषलाई उपचारको लागि चन्द्रपुर प्रा.लि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
गए राति पौने २ बजे भएको दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फागुन ७, २०७८ शनिबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।