तराईका केही भूभागमा हुस्सु, अन्त मौसम सफा

तराईका केही भूभागमा हुस्सु, अन्त मौसम सफा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सफा हुने जनाएको छ। हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले मौसम सफा हुने भएको हो।

यस्तै यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि यही मौसम प्रणाली रहने महाशाखाले जनाएको छ।

फागुन ७, २०७८ शनिबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।