आज ७२औं प्रजातन्त्र दिवस

काठमाडौंः आज नेपालमा प्रजातन्त्र स्थापना भएको दिन रहेको छ। विसं २००७ साल फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्रको औपचारिक घोषणा भएको थियो।
एक सय चार वर्षे जहानियाँ राणा शासनबाट उन्मुक्ति पाएको दिनको रूपमा आजको दिनलाई लिने गरिन्छ। तत्कालीन राजा त्रिभुवनले भारतमा शरण लिइसकेपछि नेपाल फर्केर प्रजातन्त्र घोषणा गरेका थिए।
यसपछि नै नेपालमा राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा भएको थियो भने निर्वाचन, जननिर्वाचित सरकार जस्ता प्रजातान्त्रिक अभ्यासको थालनी भएको थियो।
हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारीस्तरबाट तथा राजनीतिक दलस्तरबाट विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। आज पनि देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना हुँदैछ।
फागुन ७, २०७८ शनिबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।