सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा 

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा 

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन्।

एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा पत्र बुझाएका हुन्। 

‘लोकतन्त्रलाई बलियो बनाउन मैले नयाँ पार्टी रोज्दै मन्त्री पदबाट राजीनामा दिएको हुँ,’ शाहले भने,‘पार्टीलाई मजबुत बनाउन काम गर्ने छु।’

विगतमा पनि शाह र गहतराज दुवै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए।

भदौ २२, २०७८ मंगलबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।