मोहना नदीमा बेपत्ता युवक खोज्न गोताखोर खटाइयो

धनगढी : कैलालीको मोहना नदीमा बगेर बेपत्ता भएका युवकको खोजीका लागि गोताखोरको टोली खटाइएको छ।
सशस्त्र प्रहरी बलको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
शुक्रबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना नदिमा बगेर बेपत्ता भएका थिए।
भदौ १३, २०७८ आइतबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।