बागमती प्रदेशको मुख्य मन्त्री बन्दै अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको मुख्य मन्त्री बन्दै अष्टलक्ष्मी शाक्य

मुख्य मन्त्री बनाउनकै लागि बुधवार हेटौँडामा बसेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो। औपचारिकता दिन बाँकी भए पनि बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले सांसद अरुण नेपालले जानकारी दिए। शाक्य निर्वाचित भएपछि मुख्यमन्त्री डोरमणि पौडेले आजै मुख्य मन्त्रीबाट राजीनामा दिन लागेका छन्। पौडेलले यस अघि नै संसदीय दलबाट राजीनामा दिएर शाक्यका लागि बाटो खुलाएका थिए। संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने भएकी छिन्। यस अघि भएको संसदीय दलको नेताको निर्वाचनमा शाक्य पौडेलसँग पराजित भएकी थिइन्। 

यसअघि माधव नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाउनकै लागि पौडेलले राजीनामा दिएको नेता नेपालले जानकारी दिए। नेपालका अनुसार संसदीय दलबाट राजीनामा दिएका पौडेलले साँझसम्म मुख्यमन्त्रीबाट समेत राजीनामा दिनेछन्। ‘केन्द्रमा भइरहेको पार्टी फुटको अभ्यासलाई पाठ सिकाउन बागमतीमा हामीले यो सहकार्य गरेका हौँ’, नेता नेपालले भने, ‘हामी अझै पार्टी एक हुनुपर्छ भन्ने मान्यतामा छौँ त्यही मान्यता अनुसार पौडेलले राजीनामा दिनुभएको हो।’   

 

भदौ २, २०७८ बुधबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।