लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन २७ मा विशेष अधिवेशन आह्वान

काठमाडौं : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न यही साउन २७ गते लुम्बिनी प्रदेश सभाकाे विशेष अधिवेशन बोलाइएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले आज (बिहीबार) जारी गरेको सूचनामा उल्लेख छ।
गत सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
ती चारै दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए।
साउन २१, २०७८ बिहीबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।