गोरखामा खोलाले बगाएर पुरुष बेपत्ता

सांकेतिक तस्बिर।
काठमाडौं : गोरखामा आरुघाट गाउँपालिका–१, मान्वुमा खोलाले बगाएर पुरुष बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार मान्वुस्थित डुडुरे खोलाले बगाएर स्थानीय ४२ वर्षीय सानुकमल गुरुङ बेपत्ता भएका हुन्।
गोरु किनेर फर्कदै गर्दा खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
साउन २१, २०७८ बिहीबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।