बाँकेमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके : बाँकेमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचार गराइरहेका मध्ये २ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।
हिजो मात्रै अस्पतालमा उपचार गराइरहेका १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। अस्पतालमा अहिले २१२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ।
२ सय बेड रहेको अस्पतालले ठाउँ व्यवस्थापन गरेर उपचार गराइरहेको ओलीले जानकारी दिए। बाँकेमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ।
बाहिरी जिल्लाका १०८ जना कोरोना सङ्क्रमितको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी दिए। यो नेपालमा कोरोनाको पहिलो लहर सुरु भए देखिको तथ्याङ्क हो।
वैशाख सुरु भएदेखि मात्रै ४० देखि ४५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको उनले बताए।
वैशाख १५, २०७८ बुधबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।