‘लप्पन छप्पन २’को ट्रेलरमा ४७ सेकेण्डमा जे देखियो

काठमाडौं : राजधानीको दरबारमार्गस्थित राइजिङ मलमा आज (बिहीबार) ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा अतिथि थिए, कलिउडका ‘सुपर स्टार’ भुवन केसी, निर्देशक निश्चल बस्नेतलगायत। यस्तै, कार्यक्रममा फिल्मका अभिनेता सौगात मल्ललगायत कलाकार उपस्थित थिए।
२ मिनेट ४४ सेकेन्डको ट्रेलर रिलिज भयो। कार्यक्रममा सहभागी अतिथि एवं फिल्मका कलाकारहरू ट्रेलर हेर्न थाले। तर, ट्रेलरको ४७ सेकेण्डमा जे देखियो, सहभागीहरू मुखामुख गर्न थाले।
कारण थियो– ट्रेलरको कास्टिङमा ‘सुपर स्टार सौगात मल्ल’ लेखिनु।
यसपछि हल गुञ्जायमान भयो। तर, अभिनेता भुवन केसी हासिरहे।
ट्रेलरको कास्टिङमा ‘सुपर स्टार सौगात मल्ल’ लेखिनुबारे आफूलाई केही थाहा नभएको अभिनेता मल्लले प्रतिक्रिया दिए।
‘यो विषयमा फिल्मका निर्देशकलाई सोध्नुहोला,’ उनले भने।
यता फिल्मक निर्देशक मुकुन्द भट्टले कथाको पात्र अनुसार ‘सुपर स्टार सौगात मल्ल’ राखिएको प्रतिक्रिया दिए।
फागुन २७, २०७७ बिहीबार २२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।